Saturday, August 27, 2016


 यहाँ जे छ राम्रो त्यो हो नेपाल


balkrishna bhattarai
+9779807097552
YOU VISIT MY BLOGSPOT THANK FOR VISIT. IN PROCESS YOU CAN FIND MY MISTAKE AND GIVE ME SUGGESTION 
      THANK FOR VISIT I HOPE YOU CAN VISIT SECOND TIME
                      THANKS FOR VISIT MY BLOGSPOT 

Friday, August 26, 2016


        जानकारी  अरिङ्गलको बारेमा                                                                      
अरिङगाल एक जानकारी : अरिङगाल न चिन्ने प्राय कोहि हुँदैन ।
यो मौरी प्रजातिकै एक बिषालु किरा मानिन्छ।
यो प्रजातिमा धेरै किराहरु पर्छ्न जस्तो - मौरी ,कठयौरी ,बारुला ,भमरा अरिङाल ,खाग मौरी आदि ।
यी मध्य खाग मौरी र अरिङाल बढी बिषालु र आक्रामक हुन्छ्न ।
अरिङाल प्राय ठुला रुखको हांगामा चाका बनाउन मनपराउछ ।
तराईको जंगल फडानी नहुदा ठुला ठुला सिमल र सखुवाका रुखमा यस्को चाका देख्न पाइन्थियो
अहिले शिकारी र जंगल बिनास ,डढेलो आदिले अरिङालको बासस्थान नासिदै र लोपोन्मुख हुदैछ ।
हामी बर्सेनि समाचारमा अरिङालले टोकेर मानिस मरेको समाचार सुन्न पाउछौ।
यस्को मलद्वारको टुप्पोमा एउटा तीखो सुइ जस्तो खिल र त्यसै भित्र एक प्रकारको एसिड हुन्छ त्यो मानिसको जिउमा प्रवेश गरेपछि पोल्ने र त्यस्को बिषैला प्रभावले अंग सुनिने हुन्छ बढी भएमा स्नायुमा समेत असर गर्ने हुन्छ।
अरिङालले मानिसमा आक्रमण गर्नुको कारणमा ,
चीलले अरिङाल खुब मनपराउछ त्यसैले उस्ले गोलामा आक्रमण गर्छ
पश्चात् त्यस्ले मानिस र जनाबरमा आक्रमण गर्छ।
अरिङालले बस्ती वरिपरि पनि चाका बनाउछ ,यस्को स्वभाव आफ्नो वरिपरि हैकम जमाउने हुन्छ ।
यस्को मुख्य आहारा फलफूलको रस ,मासु ,मौरी सानातिना किथ्रा आदि हुन ।
यस्को वरिपरि मौरी पालन भए यस्ले सखाप पार्छ एक ठाउँमा पल्के पछि सकेर मात्र छोड्ने हुन्छ।
प्राय अग्लो रुखमा चाला लाउने यस्को बानी नै हुन्छ ।
हेर्दा अतिकलात्म लाग्ने यस्को गुडभित्र धेरै तह तह हुन्छ्न ।
करिब १0 के जि देखि ३0 के जि सम्म्को यस्को गुड पाइन्छ ।
हेर्दा गाग्रो जस्तो देखि देखिने यो गुडमा एउटा गुडमा पांच देखि सातवटा सम्म प्रबेश द्वार हुन्छ्न ,गोवर ,काठको धुलोबाट यस्ले गुड बनाउछ
पानीले सम्म नभिज्ने यस्को चाका कुनै कलाकार र र इन्जिनियरले भन्दा कम राम्रो बनाउदैन ।
यस्को बच्चा खुब स्वादिलो मानेर खाने हुनाले मानिसले यस्को सिकार गर्छ्न ।यस्को बच्चामा धेरै पौष्टिकता पाइन्छ,कहिलेकाही हावाको झोकाबले सानोतिनो हांगामा गुड भएमा भाचिएर भुइँमा झरेर बिच्किएर मानिस तथा पशुलाई आक्रमण गर्ने हुन्छ ।
यी अरिङालहरु सामान्यतया धेरै खाले भए पनि कालो खालको चै निकै बिषालु र रिसाहा मानिन्छ ।
एउटा मानिसलाई १0 वटा भन्दा बढीले टोकेमा बाच्ने अबस्था निकै कम हुने डाक्टरको भनाइ छ ।
एउटा ले आक्रमण गरे पछि बथान गोलै खनिने र कतै गए पनि नछाड्ने र मासुनै थुतेर लाने यस्को बिशेषता हुन्छ।
नास्पपती आरु अम्बा आदि फल पाकेको बेला बढी यस्को चहल पहल हुन्छ।
हिउँदमा यस्को वृद्धि र बिकास हुदैन जाडोमा यिनिहरु निष्क्रिय हुन्छ्न र मर्छ्न न्यानो स्थान खोजेर सुषुप्त अबस्थामा नखाई बस्छ्न जब
दिन न्यानो हुन्छ अनि सक्रिय भएर प्रजनन कृयामा लाग्छ्न ।
फाइदा - कुनै चिजको फाइदा र बेफाइदा दुबै पाटोको कुरा गर्नु सान्दर्भिक हुन्छ।कृषि क्षेत्रको लागि अरिगालको निकै महत्त्व छ जस्तो खेतबारिमा लाग्ने हानिकारक किराहरु अरिङालले खाई दिन्छ ।
विभिन्न फुलको परागसेचन कृयामा अरिङालको मह्त्वपुर्ण स्थान छ।
अरिङालको बिषमा एक प्रकारको एसिड बाट विभिन्न किसिमका औषधि बन्ने बैज्ञानिकको भनाई छ ।
बनक्षेत्र भित्र यस्को बास्स्थान भएमा धेरै कुराको संरक्षण हुन्छ।
संरक्षण - आजभोली अरिगाल लोपोन्मुख भै सकेको छ तसर्थ यस्को पनि
संरक्षण गर्नु सबैको दायित्व हो ।
Chudamani Ghimire's photo.
nohy

SUBJECT TO BE PUBLISHED LATER