Tuesday, June 29, 2021

 

                                                             लकडाउनको समयको सदुपयोग 

हामि मानब यस धर्तिमा भएको  भगवानको सृजनाहरु  मध्ये  सबै भन्दा अनुपम र सर्वश्रेष्ठ सृजना  मानबको  नौ हो   यस लाई हामिले जुनै तरिकाले सोचे र खोजे पनि हाम्रो अन्तिम निष्र्कष यहाँ भन्दा टाढा जान र यो भन्दा फरक  सत्य लाई उजागर गर्न सम्भब  छैन । हामि यस पृथ्विको सबै भन्दा बुद्धिमान प्राणि  भएर पनि आज आफु बाँच्नका लागि आफैसँग लुकामारी गर्दै छलिदै जिवनयापन गर्न  पर्ने जटिल  बिकराल अबस्थाको वाताबरण  सृजना भएको छ । आज यस धर्तिमा कोभिड १९ को सुरुवात भएको र उसले अव यो मानबको अस्तित्व लाई कुन हालतमा लाने हो ?  यो पनि हरेक पल पलमा नया नया रुपमा अझ मजब्त भएर बिभिन्न रुपमा देखा पर्दे गएको अवस्था छ  यो कारेना  हामूो गलत ब्यवाहारका कारण नै यसको जन्म भएको हो अहिलेको बर्तमान युगमा  यति तिब्र प्रबिधि तथा शिक्षा र ज्ञान  हुदा पनि   यो कोरोना के हो ? यो कस्तो  जातको  हो ?यसले के कति र कहिले सम्म रहन्छ ? कसरि आयो र कसरि  जान्छ न सुरुवात नत  अन्त्य  के हो भनेर यकिन गर्न सक्ने अवस्थ सृजना भएको छ  । बैज्ञानिक  हरुले अनबरत रुपमा खोजि तथा अनुसन्धान गरि रहदा पनि यहिहो भनेर भन्न सक्ने अवस्था छैन । आज कारोना बाट बच्नका लागि मानिस मानिस सँग डराएर बाँच्नु पर्ने अवस्थाको सृजना भएको छ । हालको अवस्था  हामि केटा केटिमा खेल्दा खेरि मलाई छोइसकि कुईस भन्ने गरेर मजाक गर्थौ तर हिजो हामूो बालपानको मजानक आज यर्थातामा परिणत भएको छ यहा असम्भब भन्ने केहि पनि रहेनछ  । जहाँ जतिखेर र जेपनि घटना घटित हुने रहेछ केबल प्रतिक्षा मात्र गर्ने धैर्यता हुनु पर्यो ।कोरोन बाट  बाट बच्नका लागि हामिले आफुलाई अरु मानिस हरु सँग दुरि भौतिक दुरि बढाएर नियमित रुपमा आफ्नो नाक तथा मुख छोपिने गरि सुरक्षित तरिकाले  माक्सको प्रयोग गर्ने र अन्य केहि बस्तु वा समाग्रिहरु छोए पछि घर बाहिर बाट भित्र आउदा खेरि राम्रो सँग हात साबुन पानिले सफा गर्ने वा सेनिटाइजरको प्रयोग गरि जोखिमको न्युनिकरण गर्न सकिन्छ । 

      हाल नेपालको प्राय  जसो सबै जिल्लामा जिल्ल प्रशासन कार्यालय हरुले निषेधज्ञाको घोषणा गरि सकेको छ । हामि यस्तो संक्रमणकालिन समयमा पनि सरकारले लकडाउन घोषणा गरिदियोस अनि बिचार गरौला भन्ने प्रबृति गरेको पाईन्छ हामि यति सम्म पनि गछौ कि आज लकडाउन भएको यति दिन भयो कस्तो भैरहेको छ भनेर अनुगमनमा निस्किने  तर छिमेकमा कोरोना लागेको मान्छे छ भने अपराधि झै ब्यावार गर्ने उसलाई के कस्तो सहयोग आवश्यक गरेको छ भनेर सहयो गर्ने भावना नै राख्दैनउ हामि मान साच्चै भग्वानको सर्बोत्कृष्ट रचना भए पनि ब्यावाहार त्य अनुरुपको ब्यावाहारिकता तथा जिम्मेवारी पनको बोध छैन र हाम्रो यहि ब्यावाहार प्रबृति रहिरहेमा आफ्नै कारणले मानब अस्तित्व लाई बिदाई गर्नेछौ र हाल हामिले डाईनोसरको कथा पढे जस्तो हाम्रो पनि एउटा छुट्टै कथा तयार हुन्छ । हामि जतिका बुद्धि भएको भए  पनि आफ्नो बुद्धि प्रयोग गर्न सकिरहेका छैनौ किनभने हामि सबैलाई थाह छ कोरोना आयो अब यो खतरनाक सरुवा रोग हो बहिर जादाँ माक्स लगाउने  अनिबार्य र अत्याआवशयक काम नपरिकन बाहिर नजाने आदि सबै बिषयमा  प्रयाप्त  ज्ञान  तथा जनकारी छ तर पनि हामि बाहिर नजानका लागि सरकाले  नै लकडाउनको घोषणा गरिदिएर प्रत्येक घर घर अगाडि सुरक्षकर्मिको पहरा दिनु पर्ने हैट हामि आफै आफ्नो काल खोजिरहन्छौ भने सरकारले कहिले सम्म्म कसरी र कति गर्न सक्छ ।  यदि हामि आफै संयमित भएर सुरक्षित तरिकाले रहने उपाय अपनाएयौ भने आफु जोगिनाका लागि सायद धैरै गाह्रो नहोला । 

 हाल बिश्वब्यापि रुपमा माहामारीको रुप्मा फैलिएको कोरोना भाइरसको कारण मानिस हरुको दैीनकीमा परिवर्तन भएको छ कतिको  जागिर,घर सम्पति तथा ब्यापार ब्यावासाय र परिवारको सदस्य हरु गुमाउनु परेको करुणदायि अवस्थाको छ र हामिले जे जे गुमाएयौ ति हाम्रा लागि अत्यान्तै महत्त्रपुर्ण ब्याक्ति तथा भौतिक अभौतिक बस्तु हरु जे जे  गुमाएयौ बा गुमेको देखेयौं सायदै यो भन्दा दयनिय अवस्था अरु नहोला । यस्तो जटिल परिस्थितिमा  अब हामि कुन रुपमा पहिलाको जस्तै नियमित जिवन यापनमा फर्कने भन्ने अदृष्य भबिष्यको कल्पनामा पनि हाम्रो तडपाई बढेको अबस्था छ र यसलाई हामि स्वयम ले सिद्ध गर्नु पर्ने अवस्था आयो कि म लडेको मात्रै हो मरेको हैन किनभने हिडने मान्छे मात्रै संसारमा लडेको इतिहास छ हामिले सुतेको मान्छे त कहि पनि लडेको न इतिहास पढेउ न पछि नै पढ्न पाउने छौ  । यति कुरामात्रै हो हिजो हामी जुन तरिकाले बाँचेका थियौ यसमा थोरैमात्रै  जिबन यापन गर्ने  सैलि अपनाउनु पर्दछ । बाँकि आउने दिन पनि सहज र पहिला भन्दा मजबुत्ती साथ अगाृड जान्छ  । हुनत हाम्रो अगाडि कति आफ्ना प्यारा प्यारा मन मुटु हरु गुमाएयौ होला कतितले केके  गुमाइयो यि सबै कुराहरुलाई  र बिगतका  अतित हरुलाई केलाउने बिश्लेषण गर्ने हो भने हामीमा मानसीक समस्या अउछ र यसलाई हामिले यो लक डाउनको समयमा अघिपछि गर्ने अवसर हरु नपाएको कामलाई गर्ने हामि जहिले पनि काम काम भनेर दर्गुने बालबच्चाहरु पनि आफ्नो स्कुल तथाद रोजगारिमा बसेका कारण सबै घर परिवार एकै ठाँउमा भेला भएर बसेर आज सम्मको राम्रा राम्रा कुरा हरुलाई बिबेचना बनाउनु होुस अरु बेला सामान्यतया चाडपर्वमा केहि दिन भेला हुने र बहिर बाट आउने लाई पनि मन नहुदा नहुदै काममा फर्कनु पर्ने बाध्यता तर अहिले यस्तो अवस्था छैन केहि समयम  परिवामा बसेर वास्तबिक पारिवारिक खुसी सााट्टन सक्नु  पर्दछ ।होला हिजोे हामि बिभिन्न कारणहरुले हाम्रो दैनिकि जिवनमा प्रयोग गर्ने साग सब्जि  हरु बजार बाट किनेर ल्याउने गर्दथ्यौ तर यो लकडाउनको समयमा हामिले आफ्नो करेसाबारीमा साग सब्जि लगाउन थालेउ र यो पनि एउटा सृजनात्मक कामको उदाहरण हो । हाम्रो बिचार लाई सधै स्वच्छ राख्नु पर्छ यसका लागि हामिले सधै सकारात्म सोच राख्नु पर्दछ र यसका लागि बिभिन्न तरिकाले सृजनात्मक बनाउने कार्यमा लाग्नु पर्दछ । यसरि आफुलाई सृजानात्मक बनाउनका लागि बिभन्न प्रकारका आफुलाई मन पर्ने पुस्तक पढुने तथा सामाजिक सञ्जाालमा समारात्म बिषय बस्तु माथि खोज तथा अनुसन्धान गर्ने अफ्नो दैनिकि लाई लेख्ने जस्ता कार्य हरु गरेर स्वस्थ ब्यस्त र मस्त जिन्दगि बिन्दास तरिकालले जिउने हो  । 

यो मोरो ब्याक्तिगत समयको सदुपयोग गरेको हो यो राम्रो छ वा छैन के छ पढेर प्रतिकृया दिनुु होला मेरो नितान्त ब्यात्तिगा बिचार हो ।  


No comments:

Post a Comment

SUBJECT TO BE PUBLISHED LATER